डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु

काठमाडौँ । नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा जीवितै उद्धार गरिएका आठ जनाको उपचार भइरहेको छ ।

क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाग्रत डुंगामा ५० भन्दा बढी यात्रु थिए । नाइजेरियामा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् । दुई साताअघि जीगावा राज्यमा एउटा डुगा पल्टँदा कम्तीमा सात महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *