एउटै पालिकाले पायो एमालेका उपाध्यक्ष र महासचिव

तुलसीपुर । नेकपा एमालेको दसौँ महाधिवेशनबाट उपाध्यक्ष र महासचिवमा एउटै पालिकाबाट निर्वाचित भएकी छन् । नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित युवराज ज्ञवाली तुलसीपुर उपमहानरपालिका १७, वनकट्टी निवासी हुन् भने महासचिव निर्वाचित शंकर पोखरेल वडा नम्बर १९ हाडिमे निवासी हुन् ।

उपाध्यक्ष निर्वाचित ज्ञवाली र महासचिव पोखरेल नेकपा एमालेको आठौँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । बुटवलमा सम्पन्न नवौँ महाधिवेशनबाट ज्ञवाली केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए भने पोखरेल उपमहासचिवमा पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *