एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

काठमाडौँ । एनएमबि बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेकाे छ । उक्त अवार्ड प्राप्त गर्ने एनएमबि बैंक नेपालको पहिलाे बैंक हाे ।

‘द फाइनान्सियल टाइमस’काे ‘द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदान गर्ने याे अवार्ड याे वर्षकाे एसियाकै सर्वोत्कृष्ट बैंककाे रूपमा एनएमबि बैंकले प्राप्त गरेकाे हाे ।

यो पनि
एनएमबि बैंकलाई अब ‘नेक्स्ट लेभल’ मा पुर्‍याउँछौँ : सीईओ केसी

प्राप्त सम्मान सार्वजनिक गर्न बैंकले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष पवन गोल्यानले कर्पोरेट क्षेत्रमा मात्रै नभई फरक बैंकिङ अभ्यास गर्ने क्रममा बैंकले साना तथा मझौला उद्यमी, कृषि क्षेत्र, ऊर्जा जस्ता क्षेत्रमा गरिएको लगानी, चुस्त व्यवस्थापन, पारदर्शी बैंकिङ अभ्यास जस्ता बलिया आधारका कारण बैंक एसियाकै सर्वोत्कृष्ट बन्न सकेको बताए ।

एनमबि बैंकका सीईओ सुनिल केसीले एसियाका ४८ मुलुक मध्येकाे सर्वाेत्कृष्ट बैंक बन्नु सबैकाे जित भएको बताए ।

‘बैंकमात्र होइन‚ नेपाल र नेपाल राष्ट्र बैंककाे जित हाे,’ उनले भने, ‘एनएमबि बैंकले पाएकाे याे सम्मान नेपालकै लागि गाैरवकाे विषय हाे ।’ यो सम्मानले आगामी दिनमा बैंकलाई विश्वकै सर्वोत्कृष्ट बैंक बनाउन थप जिम्मेवारी सुम्पिएको पनि उनले बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *