एनएमबि बैंकलाई अब ‘नेक्स्ट लेभल’ मा पुर्‍याउँछौँ : सीईओ केसी

काठमाडौँ । एनएमबि बैंकका सीईओ सुनिल केसीले बैंकलाई अब अर्को स्तरको सफलतामा पुर्याउने रणनीतिका साथ अघि बढिरहेको बताएका छन् । सञ्चालनको १३ वर्षमै बैंकले हात पारेको सफलता उल्खनीय रहेको र अब अझै उच्च स्तरको सफलता प्राप्ति गर्ने रणीतिका साथ अघि बढेको उनले बताए ।

‘हामीले सेवा सुरु गरेको १३ वर्ष मात्रै भएको छ,’ मकालु खबरसँगको कुराकानीमा उनले भने, ‘सन् २००८ सालमा ‘क’ वर्गको बैंकको लाइसेन्स पाउँदा २६ औं नम्बरको बैंक थियौं । अहिले सन् २०२१ सम्म आइपुग्दा प्रतिस्पर्धामा धेरै अघि बढिसकेको छौं र अझै अघि बढ्नु छ ।’

बैंकले अघिल्लो ४ वर्षको अन्तरालमा ३ पटकसम्म बेलायतको फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ दि इयर’को उपाधि प्राप्त गरेको छ ।

बिर्ग मर्जरलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीतिलाई समेत अध्ययन गरिरहेकोले बिग मर्जरको विषयलाई बैंकले ‘पर्ख र हेर’ रणनीतिमै राखेको उनले बताए ।

‘बैंकको ब्यालेन्स सिटको साइजको आधारमा भन्दा पनि बैंकले समाज र देशको आर्थिक क्षेत्रमा कत्तिको महत्वपूर्ण योगदान गरेको छ र आम सेवाग्रहीमा बैंक प्रतिको विश्वास कस्तो छ भन्ने जस्ता आधारहरुमा बैंकहरुको मूल्यांकन गरी विश्वव्यापी रुपमा चर्चित उक्त उपाधि प्रदान गर्ने गरिन्छ,’ उनले भने, ‘देशको रियल इकोनोमिलाई कसरी सहयोग गर्न सकिन्छ, दीगो बैंकिङको विकास कसरी गर्न सकिन्छ भनेर दीगो विकासका परियोजनाहरु, उत्पादनमूलक क्षेत्र, साना तथा मझौला व्यवसायका क्षेत्रमा लागानी गरिरहेका छौं । यी सबै कारणले पनि हामीले उक्त उपाधि प्राप्त गरेका हौं । यो खुसीको कुरा हो ।’

बैंक सञ्चालक समितिले सीईओ सुनिल केसीले पहिलो कार्यकालमा देखाएको कुशल नेतृत्व र बैंकले पाएको सफलताकै आधारमा केसीलाई झण्डै ७ महिनाअघि दोस्रो कार्यकालका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । बैंकमा हाल कार्यरत १ हजार ७ सय ४० जना कर्मचारीको टिमले एकसाथ मेहनत गरेर बैंकलाई उत्कष्ट एक बनाउने विश्वास सीईओ केसीले व्यक्त गरे ।

‘बैंक सफल हुनु भनेको नेतृत्व मात्रै सफल हुनु होइन, नेतृत्वलाई साथ दिनेहरुको सफलता हो समग्रमा सबैको सफलता हो,’ उनले भने, ‘मेरो पहिलो कार्यकालमा बैंकले लिएको रणनीतिहरुलाई नै कार्यान्वयन गरेर अहिले पनि हामी अघि बढ्ने छौं । १ सय ८१ शाखामा कार्यरत हामी सबै र ४० हजार सेवाग्रहीलाई साथमा लिएर अघि बढ्दै छौं । यसमा सेवाग्राहीको संख्या थपिँदै जाने छ ।’

जलविद्युत् तथा ऊर्जा क्षेत्रमा बैंकले बनाएको विशेषज्ञ समूहले परियोजनाका विषयमा राम्ररी बुझेर जोखिमका पाटाहरु केलाएर लगानी गरेकोले बैंकले लगानी गरेका धेरैजसो जलविद्युत् आयोजनाहरु सफलतातर्फ उन्मुख रहेको उनले बताए ।

‘हामीले झण्डै ४५ ओटा परियोजना अघि बढाएका छौं,’ उनले भने, ‘एकाध परियोजनालाई छोड्ने हो भने धेरैजसो परियोजनाहरु राम्ररी अघि बढिरहेका छौं । र, यी मध्ये धेरैजसो परियोजनामा हामीले लिड बैंककै रुपमा ऋण लगानी गरेका छौं ।’

केही वर्षयता बैंकको लगानी समग्रतामै अनुत्पादक क्षेत्रको तुलनामा उत्पापादनमूलक क्षेत्रमा बढ्दै गएको पाइएको उनले बताए । ‘गत वर्ष हामीले ४ हजारभन्दा बढी संख्याका सेवाग्राहीलाई साना तथा मझौला कर्जा प्रवाह गरेका छौं,’ उनले भने, ‘अझै यसलाई बढाउँदै लानुपर्ने आवश्यकता छ ।’

बैंक तथा वित्तीय संस्थाहरुलाई अझ विशिष्टिकृत हुँदै लगानी गर्ने वातावरण विस्तारै बन्दै गएको उनले बताए । त्यस्तै, आफैंलाई अझ दिगो बनाउन पनि बैंकहरुले फरक काम गर्दै जानुपर्ने बताए ।

कोभिडपछिका नयाँ चुनौतीहरुलाई एनएमबी बैंकले अहिले नजिकबाट विश्लेषण गरिरहेको र बिर्ग मर्जरलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीतिलाई समेत अध्ययन गरिरहेकोले अहिले बिग मर्जरको विषयलाई बैंकले ‘पर्ख र हेर’ रणनीतिमै राखेको उनले बताए ।

नेपालमा ओम्नी च्यानल लिएर आउने पहिलो बैंक एनएमबी नै भएको र एनएमबी बैंकले कोभिडपछि डिजिटल कारोबारलाई अझ बढावा दिँदै लगेको सिईओ केसीको भनाइ छ । हालै मात्रै पनि बैंकले भिडियो केवाईसीको व्यवस्था गरेकोले केवाइसी अपटेडका लागि पनि बैंकमा जानु नपेर्ने व्यवस्था मिलाएको बताए । त्यस्तै, बैंकले ऋण लिन पनि बैंकमै जानु नर्पे व्यवस्था गर्न लागेको बताए ।

१६ अर्ब ३२ करोड चुक्ता पुँजी रहेको एनएमबी बैंकको २२ अर्ब रुपैयाँको मुख्य पूँजी रहेको छ । त्यस्तै, १ खर्ब ६० अर्ब जति निक्षेप संकलन र झण्डै यति नै रुपैयाँ ऋण प्रवाह गरेको उनले बताए । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७३ करोड खुद मुनाफा गरेको थियो । ४ वर्षयता बैंकले औषतमा २४ प्रतिशतका दरले लाभांश वितरण गरेको बताए । वित्तीय सूचकहरुलाई हेर्ने हो भने बैंकको अवस्थामा समग्रमा बलियो देखिएको छ ।

बैंकलाई साइबर आक्रमणबाट बचाउन बैंकले निरन्तर नयाँ प्रविधि, उपकरण तथा परामर्शदातामाथि लगानी गरिरहेको बताए । सूचना सूरक्षाका दृष्टिले आइएसओ सर्टिफिकेशन पाएको उनले बताए । समयसँगै निरन्तर हेरक दिन यनाँ चुनौतीलाई अध्ययन गरेर अघि बढिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *