एनएमबि बैंक नेपालकै ठूलाे र विश्वासिलाे बन्दै

काठमाडौं । पछिल्लो समय नेपालमा बाणिज्य बैंकहरूमध्ये एनएमबी बैंक ठूलो, चुस्त र विस्वासिलो बैंकिङ सेवा प्रवाह गर्ने संस्थाको रुपमा स्थापित हुँदै गएको छ । बैंकको चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा प्रवाह, कर्जा प्रवाहमा विविधता, उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जा, बैंकले आर्जन गरेको मुनाफा, ऋण दिन सक्ने क्षमता, निक्षेप र कर्जामा बैंकले दिने तोकेको ब्याजदर, बैंकले प्राप्त गरेको पुरस्कार तथा सम्मान र आम सेवाग्राहीका मन मस्तिकष्कामा बैंकले छोडेको छाप जस्ता सूचकहरुलाई हेर्ने हो भने एमएमबी बैंक नेपालकै ठूलो बैंकको रुपमा स्थापित भएको देखिन्छ ।

सक्षम सञ्चालक, सक्षम विदेशी साझेदार र चुस्त तथा कुशल ब्यवस्थापन समूहको जिम्मेवार तथा उत्तरदायीपूर्ण कार्यसम्पादनकै कारण बैंकले ३ पटक सम्म अन्तर्राष्ट्रिय सम्मान पाउन सफल भएको छ ।

चुस्त र कुशल व्यवस्थानकै कारण सन् २०१७, २०१८ र २०२० मा बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टइम्सले प्रदान गर्ने ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । आम ग्राहकको आर्थिक समृद्धिमा बैंकले पु¥याएको योगदान, पारिदर्शितासहित अनेक बैंकिङ सूचकहरुका आधारमा उत्कृष्ट छनोट भई बैंकले उक्त सम्मानित अवार्ड ३ पकटसम्म पाउनुले पनि बैंकल भरपर्दो र विश्वासिलो भएको प्रमाणित गरेको छ ।

बैंकले प्रमुख कार्यकारी अघिकृत (सीईओ) सुनिल केसीको कुशल व्यवस्थापकीय नेतृत्व लगातार २ कार्यकालदेखि प्राप्त गर्दै आउनु पनि सफलताको कारण हो । पहिलो ४ वर्षे कार्यकाल पूरा गरी केही समयअघि मात्रै बैंकले उनलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले छिटो लाभ हुने घरजग्गा जस्ता अनेक अनुत्पादक क्षेत्रमा लगानी विस्तार गरिरहेको बेला पनि उत्पादनमूलक क्षेत्रमै लगानी विस्तार गरेर एनएमबी बैंकले साँच्चै देशकै समृद्धिमा योगदान गरेको छ । बैंकले उत्पादनमूलक क्षेत्रमा गर्ने लगानीले राजगारी सिर्जना, कच्चा पदार्थको उपयोग, मूल्य अभिवृद्धि, आत्मनिर्भरता जस्ता पक्षमा सुधार ल्याई समग्रमा देशकै उन्नतिमा सघाउने देखिन्छ ।

यही तथ्यलाई मनन गरेका सीईओ केसी नेतृत्वको बैंक व्यवस्थापनले जलविद्युत्, कृषि, उद्यम जस्ता क्षेत्रमा तुलनात्मक रुपमा बढी नै लगानी विस्तार गरेको छ । विदेशी लगानी समेत विभिन्न परियोजनामा भित्र्याउन बैंकले गरेको योगदान महत्वपूर्ण देखिएको छ ।

कोभिड–१९ महामारीकै बीच बैंकले कञ्चन विकास बैंकलाई प्राप्ति गर्न सफल भएको थियो । कोभिडको जोखिम हुन नदिन बैंकले महामारीका बेला डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । कोभिडकै महामारी बीच बैंकले बचत र मुद्दति दुबै खातामा चल्तिको भन्दा बढी व्याज दिने घोषणा गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बैंकले सेयरधनीलाई १६.२ प्रतिशत लाभांश वितरण गरेको छ । त्यसअघि बैंकले सेयरधनीलाई ३५ प्रतिशतसम्म वार्षिक लाभाशं वितरण गरेको थियो ।

एनएमबी बैंकले असार मसान्तसम्ममा १ खर्ब ६६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको सीसीडी रेसियो ७९.८१ प्रतिशत कायम रहेकोले उक्त निक्षेपबाट ८ अर्ब ६४ करोड रुपैयाँ कर्जा दिन सक्छ । हालसम्म बैंकले झण्डै डेढ खर्ब ऋण प्रवाह गरिसकेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार बैंकले १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको छ ।

स्थापना र विस्तार

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा २०६५ सालमा मान्यता पाएको हो । स्थापना २०६५ सालमा वाणिज्य बैंकको रुपमा स्थापित भइकाे हाे । तर, वित्तीय संस्थाकाे रूपमा यस बैंकले (१९९६) देखि २५ वर्षभन्दा बढी समयदेखि नेपाली वित्तीय क्षेत्रमा सेवा प्रवाह गरिरहेको छ ।

नेदरल्याण्डको अन्ट्रप्रेनियुरियल डेभेलपमेण्ट बैंक (एफएमओ) को लगानी समेत यस बैंकमा छ । सेप्टेम्बर २०१६ मा संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गरेसँगै एनएमबीमा एफएमओको १४.१८ प्रतिशत सेयर स्वामित्व छ । एफएमओसँगको सहकार्यबाट एनएमबि बैंकले वातावरणीय र सामाजिक जोखिमहरू व्यवस्थापन गर्न र नवीकरणीय ऊर्जा र कृषि व्यवसायमा अग्रणी भूमिका निर्वाह गर्न सहज भएको जनाएको छ ।

क्लिन इनर्जी डेभलपमेनट बैंक, पाथिभरा विकास बैंक, भृकुटी डेभलपमेन्ट बैंक, पु्रडेन्सियल फाइनान्ससँग मर्ज भएर २०७२ सालबाट एकीकृत कारोबार सुरु गरहेको थियो । त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर (प्राप्ती वा खरिद) गरेपछि ७ भदौ २०७७ बाट एकीकृत कारोबार सञ्चालनमा आएको थियो ।

बैंकले हाल नेपालको सात प्रदेशको ७७ वटै जिल्लामा १८१ शाखामार्फत वित्तीय सेवा सञ्चालन गर्दै आएको छ । बैंकको देशभर १३७ एटीएम काउन्टर सञ्चालनमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *