‘पाइप लाइन’मा छन् बलिउडका खेलसम्बन्धी यी चलचित्र

एजेन्सी ।  सन् १९८३ को विश्वकप क्रिकेटमा आधारित चलचित्र ८३ को ट्रेलर सार्वजनिक भएको छ । जसलाई दर्शकले निकै रुचाइरहेका छन् । यो चलचित्र यही वर्षको डिसेम्बर २४ मा रिलिज हुँदैछ ।

यस बाहेक खेलकुद विधा मन पराउनेहरूका लागि बलिउडमा धेरै चलचित्र एकपछि अर्को गर्दै आउँदैछन्, जसमा विभिन्न खेलका खेलाडीहरूको जीवन देखाइनेछ ।

जर्सी
२०१९ को कबिर सिंहपछि शाहिद कपुर चाँडै दक्षिण भारतीय चलचित्र ‘जर्सी’को हिन्दी रिमेकमा देखिनेछन् । चलचित्रमा शाहिद क्रिकेटरको भूमिकामा देखिनेछन् भने मृणाल ठाकुर उनकी पत्नीको भूमिकामा देखिनेछिन् । शाहिदका पिता पङ्कज कपुर पनि उनको प्रशिक्षकको भूमिकामा छन् । चलचित्रको ट्रेलर हालै सार्वजनिक भएको छ । चलचित्रको कथा एक पुरुषको कथामा आधारित छ जो आफ्नी श्रीमतीको गालीबाट हैरान भएर क्रिकेट खेलमा फर्किन्छन् ।

मिस्टर एन्ड मिसेस माही
करण जोहरको धर्मा प्रोडक्सन हाउसले भर्खरै आगामी चलचित्र मिस्टर एन्ड मिसेस माहीको घोषणा गरेको छ ।

चलचित्रको पोस्टर हेर्दा यो क्रिकेटमा आधारित चलचित्र हुने प्रस्ट हुन्छ । शरण शर्माले निर्देशन गरेको यस चलचित्रमा राजकुमार राव र जाह्नवी कपूर मुख्य भूमिकामा छन्, जो यसअघि रुही अफजामा सँगै देखिएका थिए । यो चलचित्रमा दुवै लिड क्रिकेटर बन्नेछन् ।

मैदान
अजय देवगणको चलचित्र ‘मैदान’ अर्को वर्ष रिलिज हुँदैछ‚ जसमा उनले फुटबल प्रशिक्षक सैयद अब्दुल रहमानको भूमिका निर्वाह गरेका छन् । अमित शर्माको निर्देशनमा बनेको चलचित्रलाई जी स्टुडियोले निर्माण गरेको हो ।

लाइगर
अर्जुन रेड्डी, डियर कमरेड र गीता गोविन्दा अभिनेता विजय देवरकोन्डा चाँडै पुरी जगन्नाथको निर्देशनमा बन्ने चलचित्र ‘लाइगर’ बाट बलिउडमा डेब्यू गर्दैछन् । यस चलचित्रमा विजय मार्सल आर्ट गर्दै देखिनेछन्‚ जससँग अनन्या पाण्डेको रोमान्टिक केमेस्ट्री देखिनेछ ।

साबास मिठु
रश्मी रकेटपछि तापसी पन्नु भारतीय क्रिकेट टिमकी मिथाली राजको भूमिकामा देखिने भएकी छन् । यो बायोग्राफिकल चलचित्रको नाम ‘साबास मिठु’ हो । सृजित मुखर्जीले निर्देशन गर्ने यो चलचित्रमा अलि पालिजो पनि मुख्य भूमिकामा छन् । चलचित्रको छायांकन सकिएको छ, जसको रिलिज मिति पनि छिट्टै घोषणा गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *