एमाले सपथ ग्रहणमा जे देखियो (तस्बिरहरू)

सौराहा । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास असफल भएपछि निर्वाचनमार्फत् नेतृत्वको टुंगो लगाएको छ । अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी भीम रावललाई पछि पार्दै ओली फराकिलो मतान्तरले विजयी भएका हुन् ।

एमालेले नयाँ नेतृत्व पाएसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको केन्द्रीय निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बाले पद तथा गोपनीयताको सपथ गराएका थिए । भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अध्यक्ष ओलीले सपथ गराएका थिए ।

-तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *