भीम रावललाई प्रश्न- पार्टीमा अब तपाईंको भूमिका के रहन्छ ?

काठमाडौँ । अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका भीम रावलले अबदेखि आफू पार्टीका कुनै पनि कमिटीमा नरहेको घोषणा गरेका छन् ।

दसौँ महाधिवेशनको बन्दसत्र समापनपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने‚ ‘मेरो उम्मेदवारी अध्यक्ष पदको लागि मात्रै थियो ।’

बन्दसत्रमा भने निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले रावल खुलातर्फ ९४० मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको घोषणा गरेका थिए । यद्यपि उनले केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन् ।

पार्टीमा अब तपाईंको भूमिका के रहन्छ भन्ने जिज्ञासामा उनले भने, ‘भर्खर त महाधिवेशन सकियो । यसबारे केही दिनपछि भन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *