पराजित भएपछि रावलले भने- पहिल्यै थाहा थियो

चितवन । एमाले अध्यक्ष पदमा पराजित भएका नेता भीम रावलले आफू हारेर पनि जितेको बताएका छन् । मकालुखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मैले हारेको होइन, जितेको महसुस भएको छ ।’

मतदानपछि आउने मतपरिणामबारे आफू पहिल्यै जानकार भएको उनको भनाइ छ । त्यो बुझेरै आफूले पाइला चालेको दोहोर्‍याउँदै उनले भने, ‘यस्तो हुन्छ भन्ने पहिल्यै थाहा थियो ।’

एमाले अध्यक्षमा पुनः केपी शर्मा ओली दोहोरिएका छन् । ओलीलाई चुनौती दिँदै रावलले अध्यक्ष पदमा उम्मेदवार दिएका थिए । यद्यपि उनले फराकिलो मतान्तरका साथ पराजय भोगे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *