खेलकुदमा नयाँ युगको सुरुवात गर्छु :  सदस्यसचिव घिसिङ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले मंगलबार zपथ तथा पदबहाली गरेका छन् । सदस्य सचिव घिसिङलाई खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री महेश्वर गहतराजले शपथ गराएका थिए ।

शपथलगत्तै सदस्यसचिव घिसिङ त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पद बहाली गरे । पदबहाली लगत्तै उनले राष्ट्रिय टिमको तयारी र खेलाडीको वीमाबारे निर्णय गरेको जानकारी दिए ।

मन्त्रालयमा शपथ लिएपछि उनले खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प व्यक्त गरे । ‘खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्दछु‚’ उनले थपे‚ ‘राष्ट्रिय टिमको सुधारलाई जोड दिनेछु। अन्तराष्ट्रिय एरिनामा हामी किन पहिलो हुन सकेनौँ त्यसमा ध्यान दिएर काम गर्न आवश्यक छ ।’

उनले आफू नियमानुसार अघि बढ्ने बताए । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो ।

नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङ नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *