एमालेको सचिवमा गोकर्णलाई सर्वाधिक मत, योगेश दोस्रो

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनबाट सात जना सचिव निर्वाचित भएका छन् ।

सौराहमा भएको महाधिवेशनबाट गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ सचिवमा निर्वाचित भएका हुन् । सचिवमा उम्मेदवारी दिएका टंक कार्की र भीम आचार्य पराजित भएका छन् ।

सबैभन्दा बढी मत गोकर्ण विष्टले पाएका छन् । उनले १९७४ मत ल्याए । योगेश भट्टराईले १९६४, पद्‍मा अर्याल १७९९ र छविलाल विश्वकर्माले समान १ हजार ८ सय ३, माओवादी ‍परित्याग गरेर एमाले बनेका लेखराज भट्टले १७०४ र टोपबहादुर रायमाझीले १८०४, रघुवीर महासेठ १५०० मत ल्याएर सचिव भए ।  भीम आचार्यले ७६८ र टंक कार्कीले ५५९ ल्याएको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *