छायाङ्कनमा ‘फिदा’

काठमाडौँ । चलचित्र ‘फिदा’को छायाङ्कन सुरु भएको छ । चलचित्रको छायांकन यही १० गतेबाट सुरु गरिएको लेखक तथा निर्देशक शङ्कर अधिकारी घायलले बताएका छन् ।

मोहन गमलाको प्रस्तुति रहेको चलचित्रमा कालू पाण्डे शरद निर्माता रहेका छन् ।

चलचित्रमा राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा राई, प्रेमा मगर, राजन महर्जन, विजय भुर्तेल, रोशन बिसीको अभिनय छ ।

चलचित्रमा विश्वास भण्डारीको छायाङ्कन, राजन महर्जनको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जली थापाको सम्पादन रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *