एमाले अध्यक्षमा पुनः ओली निर्वाचित

काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले अर्का प्रत्यासी भिम रावललाई पराजित गरेका हुन् ।

ओलीले १८४० र रावलले भने २२३ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले जनाएको । यसअघि ओलीले १८०८ र रावलले २१३ मत प्राप्त गरेको विवरण आएपनि निर्वाचन आयोगले ओलीले १८४० र रावलले भने २२४ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले पुष्टि गरेको हो ।

चितवनको सौराहामा भएको महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका थिए ।

महाधिवेशनअन्तर्गत विभिन्न पदका ५० जनाका लागि मतदान भएको थियो । महाधिवेशनमा विभिन्न ५० पदका लागि मतदान भएको थियो । अरु पदाधिकारीमा पनि ओलीले पेश गरेका नेताहरु नै विजयी भएका छन् । उपाध्यक्षमा बेग्लै उम्मेदवारी दर्ता गरेका घनश्याम भुसाल पराजित भएका छन् । उपाध्यक्षमा ६ जना अर्थात अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, रामबहादुर थापा बादल विजयी भए ।

यस्तै सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भए । सचिवमा उम्मेदवार रहेका भीम आचार्य र टंक कार्की पराजित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *