एमाले अधिवेशन : अध्यक्षमा ओलीको अग्रता, रावल फराकिलो मतान्तरले पछाडि

काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशनमा भएको मतदानको मतगणना सकिनै लाग्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली फराकिलो मतका साथ अगाडि छन् ।

यो समाचार तयार पार्दासम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १९०० र भीम रावलले १९६ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका थिए । महाधिवेशनमा विभिन्न ५० पदका लागि मतदान भएको थियो । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरूका लागि मतदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *