अजय देवगणको ‘मेडे’ अब ‘रनवे ३४’

एजेन्सी । बलिउड अभिनेता अजय देवगणको नयाँ चलचित्रको नाम परिवर्तन गरिएको छ । चलचित्र ‘मेडे’को नाम परिवर्तन गरी ‘रनवे ३४’ राखिएको हो ।

‘रनवे ३४’मा अजयका साथै अमिताभ बच्चन र रकुल प्रीत सिंहको मुख्य भूमिका रहेको छ ।

अजयले इन्स्टाग्राममा भनेका छन्, ‘मेडे अब रनवे ३४ भएको छ । यो सत्य घटनामा आधारित एक थ्रिलर चलचित्र हो ।’

आगामी वर्षको इद अर्थात् अप्रिल २९ मा रिलिज हुने चलचित्र निर्देशन समेत अजयले नै गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *