एमाले महाधिवेशन

मतदानमा सहभागी भएनन् ५७ प्रतिनिधि

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानमा ५७ प्रतिनिधि अनुपस्थित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार २१५३ मतदातामध्ये २०९६ जनाले मतदान गरेका निर्वाचन समितिका सदस्य अधिवक्ता चिरञ्जिवी खतिवडाले जानकारी दिए ।

बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि शुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो । निर्वाचन आयोगका अनुसार करिब ३ घण्टामा पूर्ण नतिजा आइसक्ने छ ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ जना निर्वाचित हुने उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *