डिसेम्बर ३ मा आरआरआर ट्रेलर सार्वजनिक हुने

एजेन्सी । राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगण अभिनीत बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ को ट्रेलर डिसेम्बरको पहिलो हप्तामा रिलिज हुनेछ । निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै ट्रेलर डिसेम्बर ३ मा रिलिज हुने घोषणा गरेका हुन् ।

अल्लु अर्जुनको ‘पुष्पा’ को ट्रेलर समेत डिसेम्बर ६मा रिलिज हुँदै छ । सामाजिक सञ्जालमा आरआरआरको अफिसियल फेसबुक पेजमा पोस्टर सार्वजनिक गर्दै लेखिएको छ, ‘बहारको लागि तयार हुनुहोस्… ट्रेलर डिसेम्बर ३मा रिलिज हुँदै । शान्त नबनौँ  उत्सव मनाउन तयार रहौँ ।’

स्टार कास्ट र निर्देशक एसएस राजामौलीको कारण पनि यो चलचित्रको प्रतीक्षा दर्शकले गरिरहेका छन् । यो चलचित्र तेलुगु राज्यका स्वतन्त्रता सेनानी, अल्लुरी सीताराम राजु र कोमाराम भीमको जीवनलाई आधार मानेर निर्माण गरिएको चलचित्र हो ।

रामचरण र एनटीआर क्रमशः अल्लुरी सीताराम राजु र कोमराम भीमको भूमिकामा देखिएन छन् भने अभिनेत्री आलिया भट्ट सीताको भूमिकामा देखिने छिन् । चलचित्र अङ्ग्रेजी नयाँ वर्षको छेको परेर जनवरी ७बाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *