माघ २८मा सौगात र दियाको ‘मन्त्र’

काठमाडौँ । चलचित्र ‘मन्त्र’को फस्ट लुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी माघ २८ गतेबाट प्रदर्शनमा आउने छ ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनलाई स्थान दिइएको छ । हिमाली प्रेमकथा बोल्ने चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा र पासाङ टी शेर्पाको पनि मुख्य भूमिका छ ।

चलचित्रलाई खिलबहादुर गुरुङले निर्देशन गरेका छन् । उनका अनुसार ५ हजार १०० मिटरभन्दा माथिको मनासलु हिमालको बेस क्याम्पमा पुगेर चलचित्रको छायाङ्कन गरिएको छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज खत्री, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी छ । साम्तेन भुटियाको कथा रहेको चलचित्रमा सन्तोष सुनारको सङ्गीत, सञ्जय लामाको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन र सुजिल कर्माचार्यको पार्श्व सङ्गीत छ । गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको चलचित्रका वितरक गोविन्द शाही हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *