महाधिवेशन लम्बिँदा डेढ करोड खर्च बढ्यो

चितवन । यही १० गतेदेखि जारी नेकपा एमालेको १०औँ महाधिवेशन अझै सकिएको छैन । महाधिवेशन लम्बिँदा खर्च पनि बढेको छ ।

अनुमानित खर्चभन्दा करिब डेढ करोड बढी खर्च भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ३ दिनमा सक्ने भनिएको महाधिवेशनको अनुमानित लागत ७ करोड भनिएको थियो ।

यद्यपि ५ दिनसम्म लम्बिँदा खर्चसमेत बढेको तामाङले बताए । ‘सबै गरेर डेढ करोड जति खर्च बढेको अनुमान छ,’ तामाङले भने, ‘दिन लम्बिँदा खर्च पनि बढ्यो ।’

उनले अन्तिममा आएर मात्रै चुनाव गरिएको पनि बताए । बिहान ४ बजेसम्म सहमतिमा टुङ्ग्याउन खोजिएको तर, नभएपछि मात्रै चुनाव भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *