एमाले मतदान अपडेट : १६ सय बढी मत खस्यो

चितवन । एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अहिले मतदान चलिरहेको छ । चितवनमा जारी मतदानमा यो समाचार तयार पार्दासम्म १ हजार ५ सयभन्दा बढी मतदाताले मतदान गरिसकेका छन् ।

एक पटकमा ६९ जनाले भोटिङ सेसनमार्फत भोट हाल्न सक्ने व्यवस्था गरिएको छ । मध्यान्न १२ बजेभित्रै मतदान सकिने अनुमान गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले मकालुखबरलाई जानकारी दिए ।

एमालेको अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ । ६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ ।

चितवनको सौराहामा भइरहेको महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गर्नेछ । नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *