पर्चा बाँडिनु अनौठो होइन : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमाले नेता शंकर पोखरेलले भीम मतदानस्थलमा भोट नदिनू भन्दै पर्चा बाँडिनु अनौठो नभएको टिप्पणी गरेका छन् । महाधिवेशन स्थलमा पत्रकारहरुसँगको कुराकानीमा पोखरेलले भीम रावल पक्षका उम्मेदवारलाई भोट नदिनू भन्नू अनौठो नभएको बताएका हुन् ।

त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएको उनले खुलाए । ‘पार्टीको प्रस्तावमा असहमति जनाउँदै उम्मेदवार बनेको कमरेडहरूले पनि आफ्नो पक्षमा प्रचार गर्नु भएकै छ । महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिनु कुनै अनौठो कुरा होइन,’ उनले भने, ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो ।’

मतदान चलिरहेका बेला भीम रावलसहितका उम्मेदवारलाई मत नदिन भन्दै केपी शर्मा ओली पक्षले पर्चा बाडेको थियो । पर्चा बाँडिएपछि नेता रावलले निर्वाचन आयोगको आचारसंहिताविपरीतको कार्य निन्दनीय भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *