पर्चामा क-कसलाई भनिएको छ भोट नहाल्न ? (पर्चासहित)

चितवन। नेकपा एमालेको महाधिवेशनस्थल सौराहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्याशी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडिएको छ ।

भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई बाँडिएको पर्चामा पूर्व माओवादीका नेता रामबहादुर थापा (बादल), लेखराज भट्ट लगायतको नाम समेत छ । चुनावमा उठेका केही उम्मेदवारको नाम र उनीहरूले प्रतिस्पर्धा गरेको पदसहितको नामावली उल्लेख गरिएको लिस्ट प्रिन्ट गरेर भोट नहाल्न भन्दै मतदातलाई वितरण गरिएको छ ।

जसमा अध्यक्षका उमेरदार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल तथा भीम आचार्य, टंक प्रसाद कार्की लगायतको नाम छ । केपी शर्मा ओली पक्षधर कार्यकर्ताले मतदान स्थल बाहिर यस्तो लिस्टसहितको पेपर बाँडिरहेको भेटिएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *