एमाले पदाधिकारी चयनको मतदान जारी (तस्बिरहरू)

चितवन । एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अहिले मतदान चलिरहेको छ । जहाँ एकपल्टमा ६९ जनाले भोटिङ मेसिनमार्फत भोट हालिरहेका छन् ।

यही रफ्तारमा भोटिङ भए लगभग २ घण्टामा मतदान सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुँदैछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् ।

६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्ने छन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् ।

ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्व माओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *