लाइनमा उभिएका प्रतिनिधि भन्छन्- ‘भीम रावललाई पनि कसैले झुक्किएर भोट त हाल्लान्’

चितवन । बिहान ४ बजेदेखि एमाले पदाधिकारी चयनका लागि मतदान हुँदैछ । अहिले मतदानस्थल अगाडि प्रतिनिधिहरूको लामो लाइन देख्न सकिन्छ ।

आफ्नो पालो कुर्दै बसेका प्रतिनिधिहरूले आफूले भोट कसलाई हाल्ने भन्नेमा स्वविवेक प्रयोग गर्ने बताएका छन् ।

मकालुखबरले अध्यक्षका २ प्रत्याशीमध्येमा तपाईँको भोट कसलाई भन्ने प्रश्नमा समग्रमा ३ प्रतिनिधिले भने, ‘ओलीलाई हाल्ने हो, रावललाई पनि भोट त आउला, झुक्किएर कसैले गर्लान् । नभए सबैले केपी ओलीलाई नै गर्ने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *