परिणाम जस्तो आए नि ठिकै छ : भीम रावल

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेदवार भीम रावलले परिणाम जस्तो आए पनि स्विकार्ने बताएका छन् । मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जस्तो परिणाम आए पनि स्विकारिने बताएका हुन् ।

‘मतदान परिणाम जस्तोसुकै आए पनि सहज रूपमा स्विकार्छु,’ उनले भने । साथै रावलले केन्द्रीय कमिटी सदस्यमा आफूले उम्मेदवारी नदिएको पनि बताए । उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकाले यसलाई तत्काल सच्याउनसमेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *