एमाले पदाधिकारी चयनको मतदान जारी, सँगसँगै देखिए ओली र रावल

चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । मंगलबार बिहान ४ बजेपछि सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र भीम रावलले मतदान गरेका हुन् ।

दुवै उम्मेदवारले मतदानस्थलमा पुगेर बिहानै मतदान गरिसकेका छन् । मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतले मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्षका उम्मेदवार भीम रावलले केन्द्रीय कमिटी सदस्यमा आफूले उम्मेदवारी नदिएको बताए । उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकाले यसलाई तत्काल सच्याउनसमेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *