राति २ बजेसम्म नै सहमतिको प्रयास हुन्छ : शेरबहादुर तामाङ 

चितवन । राति ९ बजे सुरु हुने भनिएको एमाले पदाधिकारी चयनको मतदान अझैसम्म प्रारम्भ भएको छैन ।राति ९ बजेपछि ११ बजेका लागि भनिएको मतदान कार्यक्रम पुनः रातिको २ बजेसम्म स्थगित भएको छ ।

यसरी पटक पटक किन समय सरेको हो ? भन्ने मकालुखबरको जिज्ञासामा एमाले केन्द्रीय सदस्य तथा एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने, ‘पहिलो त ई-भोटिङ भएकोले केही प्राविधिक समस्याहरू आएका छन्, त्यसलाई समाधान गर्ने काम भइरहेको छ । अर्को त अझै सहमतिमै जाने भन्ने छ । त्यसको प्रयाससमेत भइरहेको छ । अझै राति २ बजेसम्म त्यसैको प्रयास हुन्छ ।’

एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिवलगायतका पदाधिकारी पदमा निर्वाचन हुने पक्का भएको छ । भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीले क्रमशः उम्मेदवारी दर्ता गराएपछि मतदान गर्नुपर्ने पक्का पक्कीजस्तै बनेको हो । यद्यपि उम्मेदवारी दर्ता गरेका नेताहरूलाई मनाउने र फिर्ता गराउने प्रयास भइरहेको एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *