म्याग्दीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

पोखरा । म्याग्दीमा जिप दुर्घटना हुँद्या ४ जनाको मृत्यु भएको छ ।

रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो पल्टिएको हो ।

दुर्घटनामा परी जिप चालक ४० वर्षका दुतबहादुर थापा सहित बेगका २७ वर्षीय खिमनाथ शर्मा, ३० वर्षका खिमु पुन, ३० वर्षकी गौमाया विक छन् । विक निर्वाचित वडा सदस्य हुन् ।

३ जनाको घटनास्तलमै र थप १ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य ४ जना घाइते छन् ।

घाइतेमा हुनेमा स्थानीय बलबहादुर बिक, ज्ञानु शेरपुर्जा, मनोज पुन र बिसुन फगामी रहेका प्रहरी निरीक्षक विरेन्द्र गुरुङले जानकारी दिए ।

घाइतेहरुको वेनीमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा ल्याईएको छ । जिप सडकबाट २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *