अमेरिकासँगको वार्तामा इरान गम्भीर देखिएको ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताएका छन् ।

सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको दाबी गरे । राष्ट्रपति ट्रम्पले भने, ‘हामी अहिले उनीहरूसँग वार्ता गरिरहेका छौँ । मलाई लाग्छ कि समय बित्दै जाँदा उनीहरू थप गम्भीर बन्दै गएका छन् । हामी के हुन्छ हेर्नेछौँ ।’

उनले अमेरिकासँग दुई वटा विकल्प रहेको उल्लेख गर्दै वार्तालाई ‘बौद्धिक मार्ग’ र सैन्य कारबाहीलाई ‘सजिलो तर उच्च स्तरको मार्ग’ का रूपमा व्याख्या गरे । उनले अगाडि थपे, ‘हामी सैन्य रूपमा पूर्ण तयारी (लक्ड एन्ड लोडेड) को अवस्थामा छौँ, तर वार्ता जारी रहेकाले यसबाट के परिणाम निस्कन्छ भन्नेमा हाम्रो ध्यान छ । मलाई लाग्छ उनीहरू निकै गम्भीर छन् र उनीहरू गम्भीर हुनु पनि पर्छ ।’

यद्यपि, वार्ताबाट निश्चित समाधान निस्कनेमा भने उनले पूर्ण विश्वास व्यक्त गरेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =