एमाले महाधिवेशन : ९ बजे भनिएको मतदान अझै शुरू भएन

चितवन । एमाले महाधिवेशनअन्तर्गत बन्दसत्रमा नेतृत्व चयनका लागि ९ बजे भनिएको चुनाव शुरू हुन सकेको छैन ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले प्राविधिक समस्या देखाउँदै निर्वाचन शुरू हुन नसकेको जनाएको छ ।

आयोगका सदस्य बाबुराम दाहालकाअनुसार भोटरहरूको नामावली भोटिङमेसिनमा अपलोड गर्नुपर्ने भएकोले मतदान ढिलो भएको हो ।

यद्यपि नेताहरूकाअनुसार मतदान नगर्ने कसरतसमेत हुँदैछ । उम्मेदवारी दर्ता गराएका नेताहरूलाई मनाउने कोसिस भइरहेको प्रस्तावित सचिव पद्मा अर्यालले बताइन् ।

प्रस्तावित अर्का सचिव योगेश भट्टराईकाअनुसार मतदान ११ बजेपछि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *