अध्यक्षले सन्तुलित सूची प्रस्ताव गर्नुभएको छ : मणि थापा

चितवन । एमालेमा रहेका पूर्वमाओवादी लिगेसी बोकेका नेता मणि थापाले अध्यक्ष केपी शर्मा ओलीले सन्तुलित पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेको दाबी गरेका छन् ।

‘त्यो भनेको एकदमै सन्तुलित छ,’ थापाले भने, ‘यसमा केही केही साथीहरूको फरक मत भएपनि समग्रमा यो राम्रो छ ।’

पूर्वमाओवादीको कोटाबाट ओलीले ३ नेतालाई पदाधिकारी बनाएका छन् । त्यो आफूहरूको अडान नभएको उनको भनाइ छ । ‘त्यो हामीले भनेर उहाँले गर्नुभएको होइन । त्यो स्वत:स्फूर्त रूपमा गर्नुभएको हो । त्यसैले हामीले समर्थन गरेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *