एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा अहिलेसम्म को को भए निर्विरोध ?

चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् । केही पदमा सोमबार राति ९ बजेबाट मतदान हुँदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्न गरेको कडा मेहनतका बाबजुत अध्यक्षसहित उपाध्यक्ष र सचिवमा मतदान हुने भएको छ । यस्तै केही क्लस्टरका केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् भने केहीमा ओलीले सार्वजनिक गरेको सूचीबाहेक पनि उम्मेदवारी परेको छ । उनीहरूलाई मिलाउने प्रयास भइरहेकाे र नसके ती पदमा पनि निर्वाचन हुने एमाले नेताहरूले बताएका छन् ।

अहिलेसम्म  निर्विरोध  चयन भएका केन्द्रीय सदस्यहरू:

मधेसी महिला : कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव ।
मुस्लिम महिला : साजिदा खातुन सिद्दिकी ।
दलित महिला : विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाइली ।
पिछडिएको क्षेत्र महिला : बद्मीकुमारी बोहरा ।

श्रमिक
खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।
महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा ।

उपत्यका विशेष
खुला : माधव ढुंगेल ।
महिला : विनाकुमारी श्रेष्ठ ।

सम्पर्क समन्वय
खुला : नरेन्द्र श्रेष्ठ ।

प्रदेश १
महिला : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २
खुला : अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल
महिला : कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बाग्मती
महिला : पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी
खुला : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी
महिला : नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री ।

लुम्बिनी
खुला : खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल ।
महिला : मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल ।

कर्णाली
महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *