राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पार्टीका सबै वरिष्ठ नेता र आम मतदाताहरूको समर्थन आफूतिर रहेको दाबी र अब पार्टीलाई फुट्न नदिने र नफुटाउने ‘संकल्प’ गर्दै  थापाले उम्मेदवारी घोषणा गरेका हुन् ।

मंसिर १५,१६ र १७ गते काठमाडौँमा हुने राप्रपाको महाधिवेशनमा यसअघि राजेन्द्र लिङ्देनले पनि राप्रपाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको टिमबाट महामन्त्रीमा डा धवलशमशेर राणा उठ्ने भएका छन् ।

राप्रपा अध्यक्षत्रयमध्ये पशुपतिशमशेर राणाले उम्मेदवार नबन्ने घोषणा गरेका छन् । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेसम्म यसबारे माैन छन् । पटक पटक फुट्ने र जुट्ने गर्दै आएको राप्रपा नेपालमा राजा र हिन्दु राज्यको पक्षमा छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *