एकसाथ दुई रियालिटी शोको आवेदन खुल्ला

काठमाडौँ । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा दुई रियालिटी शो ‘मेरो डान्स कप यूएसए-४’ तथा ‘मेरो भ्वाइस कप यूएसए-२’ को उद्घाटन गरिएको छ । दुवै रियालिटी शोको अडिसन भने जनवरीदेखि अमेरिकामै हुनेछ । उद्घाटन समारोहमा दुवै रियालिटी शोको आवेदन खुला गरिएको घोषणा गरिएको छ ।

समारोह मुख्यमन्त्री राजेन्द्र राई, इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी, गायक प्रमोद खरेल, नृत्य निर्देशक शङ्कर बिसी, नरमान राईलगायतले सामूहिक उद्घाटन गरेका हुन् ।

त्यस क्रममा मन्त्री राईले बेलडाँगी शिविरमा इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले स्थापना गरेको ज्येष्ठ नागरिक डे केयर सेन्टरको पनि उद्घाटन गरे । उद्घाटन समारोहमा काठमाडौँबाट झापा पुगेका तीन दर्जनभन्दा बढी कलाकारले आफ्ना कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *