पदाधिकारी नपाएपछि केन्द्रीय सदस्य पनि नबस्ने लालबाबुको घोषणा

विराटनगर । प्रदेश १ बाट एमालेमा चर्चित नाम हो ‘लालबाबु पण्डित’ । उनले नेकपा एमालेको १० औँ महाधिवेशनमा कार्यकारी पदको लागि भन्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । निर्वाचन भएको अवस्थामा पार्टीको उपाध्यक्षमा उठ्ने र सर्वसम्मति भएको अवस्थामा जुनसुकै पदाधिकारी आफूलाई स्वीकार हुने बताउँदै आएका पण्डित अन्ततः कुनै पनि पदाधिकारी नपाएपछि निराश देखिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज देखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौँ महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’ तपाईँले अब साधारण सदस्यमा मात्र बस्ने घोषणा गर्नु भएको हो ? भन्ने मकालुखबरकाे प्रश्नमा उनले दसाैँ महाधिवेशनपछि कुनै पदाधिकारीमा नरहेकोले शुभकामना मात्र दिएको बताए ।

‘मैले आजदेखि कार्यकारी पदबाट बिदा लिएको छु,’ उनले भने, ‘अब नयाँ पदाधिकारी आउने भएकोले बिदा लिनु स्वाभाविक हो ।’  पार्टीको साधारण सदस्य मात्र बस्ने वा भोलिका दिनमा पदाधिकारी पनि बस्ने भन्ने बारे जिज्ञासा राख्दा उनले आफू गाडीमा भएकाले अहिले कुनै प्रतिक्रिया नदिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *