दुलही बनिन् रेश्मा

काठमाडौँ ।  मोडल रेश्मा घिमिरे विवाह बन्धनमा बाँधिएकी छन् । आज विराटनगरमा भइरहेको विवाहमा उनी दुलही बनेकी हुन् ।

उनको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । इन्गेजमेन्टको एक वर्षपछि उनको विवाह भएको हो । हिजो भएको ‘मेहन्दी सेरेमोनी’को फोटो तथा भिडि‌ओले समेत सञ्जालमा राम्रो चर्चा कमाइरहेको छ ।

उनले गतवर्षको मङ्सिर १८ गते प्रभात बासुसँग इन्गेजमेन्ट गरेकी थिइन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । पारिवारिक सल्लाहमा रेश्मा र प्रभातले विवाह गरेका हुन् ।

नर्सिङ अध्ययन गरेकी रेश्मा टिकटकबाट चर्चामा आएकी मोडल हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *