यसकारण वरिष्ठकाे दाबी छोडेको हुँ : नेम्वाङ

चितवन । नेकपा एमालेको दसाैँ महाधिवेशनमा मैले वरिष्ठ उपाध्यक्ष पद आफैँले दाबी गरेको होइन । सबैले उठ भनिरहेका छन्, त्यसैले ‘चुनावमा उठ्नुपर्‍यो भने वरिष्ठ उपाध्यक्षमा उठ्छु’ भनेको थिएँ । तर त्यति बेला नै मैले भनेको थिएँ, यो पार्टीका लागि यति बेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य छ । केपी ओलीलाई अध्यक्षमा राखेर उहाँको वरिपरि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ ।’ तर त्यसो गर्ने प्रयास गर्दागर्दै पनि निर्वाचन हुने परिस्थिति भयो भने शुभचिन्तकहरूले सल्लाहले म निर्वाचनमा जान्छु भनेर मैले भनेको थिएँ ।

पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्यो । र, मलाई पार्टीले आदेश दियो, अध्यक्ष कमरेडले राख्नु भएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास गर्‍यो, त्यो प्रो प्रक्रियाबाट मलाई अहिले तपाईँ उपाध्यक्षमा लड्नुस् भनियो । मलाई लागेको कुरा अध्यक्षलाई भनेको छु, तर पार्टीको आदेश र महाधिवेशनको म्यान्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको छु । (कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *