उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल निर्विरोध

काठमाडौँ । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध हुने भएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध हुने भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन ।

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार समावेशी क्लस्टरका केन्द्रीय सदस्यहरूमा उम्मेदवारी परेकाले केन्द्रीय सदस्यमा समेत मतदान हुने सम्भावना छ । ‘कति उम्मेदवारी पर्‍यो भन्ने हामी हिसाब गरिरहेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *