एमाले पदाधिकारीमा ईश्वर र शंकर निर्विरोध

चितवन । नेकपा एमालेको पदाधिकारीमा ईश्वर पोखरेल र शंकर पोखरेल निर्विरोध निर्वाचित हुने भएका छन् । निर्वाचन समितिले तोकेको समयमा अरु कसैको उम्मेदवारी नपरेपछि पोखरेलद्वय निर्विरोध निर्वाचित हुने भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुने जनाइएको छ । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्यले बाबुराम दाहालले मकालुखबरलाई जानकारी दिए ।

उनीहरूको औपचारिक घोषणा हुन भने बाँकी छ । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत बिहानदेखि चुनावी प्रक्रिया शुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *