मेरो नाम नपर्दा दुःख लागेको छैन : शेरधन राई

चितवन । एमाले केन्द्रीय सदस्य एवम् पूर्व मुख्यमन्त्री शेरधन राईले सचिवमा आफ्नो नाम समावेश नहुने बताएका छन् । मकालुखबरसँग संक्षिप्त कुराकानी गर्दै राईले नाम नपर्दा दुःख नलागेको बताएका हुन् ।

यसअघि आफू सचिवका लागि योग्य रहेको भन्दै  राईले आकांक्षा व्यक्त गरेका थिए । ‘मेरो आकांक्षा सचिवमा थियो,’ बन्द सत्रस्थलमा उनले भने, ‘परेन, त्यसमा ठिकै छ भनेको छु मैले । यसमा दुःख छैन । सहमतिमा जाँदा कहिलेकाहीँ यस्तो हुन्छ ।’

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत आज बिहादेखि चुनावी प्रक्रिया शुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *