एमाले महाधिवेशन

आकांक्षी धेरै भएपछि उम्मेदवारी दर्ताको समय बढाइयो

काठमाडौँ । चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको समय बढाइएको छ । उम्मेदवार बढी भएपछि दर्ताको समय बिहान १० बजेसम्मका लागि बढाइएको हो ।

यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो । कार्यतालिका अनुसार बिहान १०:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

१०:३० देखि १०:४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०:५० बजे उजुरीउपर छानबिन र निर्णय हुने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान ११:५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ ।

बिहान १२:५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

याे पनि : निर्वाचन तालिका परिमार्जन, राति ९ बजेदेखि मतदान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *