ओलीको टिममा परेनन् रावल, भुसाल र आचार्य

काठमाडौँ । चितवनमा जारी एमालेको दसौँ राष्ट्रिय महाधिवेनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीकाे सूचीमा नेताहरू भीम रावल, घानश्याम भुसाल र भीम आचार्यको नाम समावेश गरेका छैनन् । दस बुँदे सम्झौता गरेर एमालेमै रहेका दश भाई मध्ये अन्यलाई पदाधिकारीको जिम्मा दिए पनि उनीहरू तीनै जनालाई ओली बाइपास गरेका हुन् ।

भीम रावलले अध्यक्षमा ओलीलाई चुनौती दिन उम्मेदवार दर्ता गर्ने बताउँदै आएका छन् ।  भने भुसाल उपाध्यक्षका दाबेदार हुन् । त्यस्तै भीम आचार्य यसअघि पार्टी सचिव थिए । रावल र भुसाल पदाधिकारीमा नसमेटिएपछि चुनाव हुने देखिएको छ ।

अहिले ८ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । बन्द सत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैँ, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *