नेम्वाङ्ग : बरु चुनाव लड्ने, ईश्वरलाई नमान्ने

चितवन । वरिष्ठ उपाध्यक्षको अडानमा रहेका नेता सुवासचन्द्र नेम्वाङ्गले अध्यक्ष केपी शर्मा ओलीलाई तीन विकल्प दिएका छन् । पदाधिकारीको सूची तयार पार्ने सर्वाधिकार पाएका ओलीबाहेक अरूलाई नेता नमान्ने बताएका नेम्वाङ्गले तीन विकल्प अघि सारेका हुन् ।

वरिष्ठ उपाध्यक्ष कुनै हालतमा नछाड्ने र प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई नेता नै नमान्ने बताउँदै नेम्वाङ्गले वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने, दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था वा निर्वाचन गरी तीन विकल्प अघि सारेका हुन् । नेम्वाङ्गले भने, ‘सर्वसम्मति नभए हुने त चुनाव नै होला नि । मलाई पनि वरिष्ठ उपाध्यक्षमा साथीहरूले उठ्नु भन्ने सुझाव दिनुभएको हो ।’

उनीमाथि जनजाति प्रतिनिधि तथा नेताहरूले पनि वरिष्ठ पद नछाड्न दबाब बढाएका छन् । विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरूले ३०१ केन्द्रीय सदस्यहरूले सूची बुझाए पनि पदाधिकारीमा सकस परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *