राति सात बजे बन्दसत्र बोलाइनु धाँधलीको संकेत : रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले संस्थागत छलफलबिना राति सात बजे बन्दसत्र बोलाइनु धाँधलीको संकेत भएको बताएका छन् ।

ट्विटरमार्फत नेता रावलले संस्थागत छलफल नगरी राति सात बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक मात्रै नभएर धाँधलीको संकेत भएको बताएका हुन् ।

दिनभरी बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र उल्लेख गर्दै लेखेका छन्‚ ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्यमात्र होइन‚ धाँधलीको संकेत पनि हो ।’

नेता रावलले यसले जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्ने बताए ।

प्रतिक्रिया

One thought on “राति सात बजे बन्दसत्र बोलाइनु धाँधलीको संकेत : रावल

  1. हार्नेको दुखेसो। कहाको ओलि कहाको यो प्रचन्डे र माकुनेको खेतालो। प्रचन्डे ले ओलि लाइ पतन गराउन के गरेन? सदक मा पलेटोकसेर् बस्यो त्यो पनि न देख्लान भनेर् हामि यहा छौ समेत भन्यो केहि लागेन। अदालत ले नै ठाउ लगाइदियो। मुद्दा हाल्यो न्यायाधिस संग सेटिनग् मिलायो। केहि लागेन। प्रधान मन्तृ पद लाइ पान सुपारि बिहे भोज मा डुलायेर् बाडे जस्तो गरेर खाइ दिनुस् भनेर् हिड्यो। केहि लागेन्। अन्तमा चोलेन्द्र उठायेर् देउवा लाइ गैर्ह कानुनि ढङ्ग बाट झ्याल् बाट छिरायेर् प्रधान् मन्तृ बनायो। ओलि झन् बलियो भो। आफ्नु चमचे सर्बोच्च अदालत ले नै हत्यारा साबित् गरेको मान्छे लाइ बेइमानि गरेर कानुन परम्परा मिचेर् माकुने को सांसद् पद टिकाइ दियो। त्यस्ले पनि उहि मुत को न्यानो को मात्र काम् गर्यो। माकुने नादान लाइ येमाले फुटाउन लगायो त्यस्ले पनि केहि छार्काप्रो लगायेन। ओलि झन् झन् लोकप्रोय हुदै गयो। अन्त्य मा यो भिम रावल लाइ ओलि बिरुद्ध पार्टि भित्रै बाट भाड भैलो गराउन पठायो त्यो फर्मुला त माकुने ले नै माटोमा मिलायेको थियो । अब पाताल भास्सिने पालो भिम रावल को। ओलि झ झन् झन् बलियो भो। अब त यिनिहरुले ओलि लाइ पनि मदन भन्डारिलाइ जस्तै गरेर मार्लान् भन्ने पो डर पलायेको छ्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *