होटल सफारीबाट निस्किएनन् ओली, लबिइङ गर्नेको लर्को

चितवन । शनिबारको बन्दसत्र सकेर होटल पार्क सफारी छिरेका एमाले अध्यक्ष केपी शर्मा ओली अझै निस्किएका छैनन् । केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय कमिटी टुङ्ग्याउने जिम्मा पाएका ओलीकहाँ धेरै प्रतिनिधि तथा नेताहरू आइरहेका छन् ।

No description available.

होटलबाट निस्कँदा कतिपय नेताहरूको मुहार उज्यालो छ भने कतिपयले आक्रोश व्यक्त गर्दै ओर्लिएका छन् । ओलीलाई भेटेर ओर्लिएका एक नेताले भने, ‘समयको ख्याल छैन । खाली बार्गेनिङमात्रै । बिहान सुरु हुनुपर्ने कार्यक्रम अझै सुरु भएको छैन ।’

No description available.

लबिइङमा गोकुल बाँस्कोटा, शिवमाया तुम्बाहाङ्फेसमेत आएर निस्किएका छन् । बिहान ८:३० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझैसम्म सुरु हुन सकेको छैन । बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने बताइएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *