३०१ केन्द्रीय सदस्यको सूची ओलीको हातमा

चितवन । चार नेताहरूले नेकपा एमाले केन्द्रीय सदस्यको सूची पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरूको सूची अध्यक्ष ओलीलाई बुझाएका हुन् ।

चितवनको सौराहास्थित होटल सफारीमा बसेर उनीहरूले एमाले केन्द्रीय सदस्यको सूची तयार पारेका थिए । नेता पृथ्वीसुब्बा गुरुङका अनुसार उक्त सूची नै अन्तिम हुने सम्भावना उच्च छ । यद्यपि आफूहरूले यसलाई प्रारम्भिक भनेको उनले मकालुखबरलाई बताए ।

विष्णु पौडेललले होटल सफारीको सोधपुछ कक्षमा प्रिन्ट गरेको उक्त सूचीमा ओलीले फाइनल रुजु गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *