स्नातकोत्तर गरेकी महिलासँग ‘मुकुन्दे’को विवाह तयारी !

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल मुकुन्द घिमिरे ‘मुकुन्दे’ को विवाह हुने भएको छ । झापाकी इन्दिरा सङ्ग्रौलासँग शनिबार हिजो फूल माला गरेका घिमिरेले यसै महिनाको २७ गते विवाह गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै उनले आफ्नो सम्बन्ध बाहिर ल्याएका हुन् । मुकुन्दले इन्दिरासँगै आफूले विवाह गरेर इतिहास रच्ने बताउँदै आएका थिए ।  उमेरले ४० कटेपछि मुकुन्देले आफ्ना लागि जोडी भेटेका हुन् ।

इन्दिराले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेको र चितवनमा रोजगारी गर्ने उनी स्वयंले बताएकी छन् ।

यसैबीच मुकुन्देले आफ्नो विवाहका लागि आर्थिक सङ्कलन सुरु गरेका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ‘देश विदेशमा अभियान चलाएर बिहेको खर्च जुटाइदिने र छोराको शिर उठाइदिने’ अपेक्षा गरेका छन् । उनले आफ्नो ई-सेवा अकाउन्ट र बैङ्क अकाउन्टसमेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *