ओलीको ‘कोर टीम’ सफारी होटलमा, अझै सुरु हुन सकेन बन्दसत्र

चितवन । आइतबार बिहान ८:३० बाट सुरु हुने भनिएको एमाले महाधिवेशनअन्तर्गतको दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

केन्द्रीय पदाधिकारी टुङ्ग्याउन सकस भएपछि बन्दसत्र सुरु हुन नसकेको हो । पदाधिकारीसँगै केन्द्रीय सदस्यहरू पनि  टुङ्ग्याउने जिम्मा पाएका अध्यक्ष ओलीले अहिले पनि आफ्नो ‘कोर टीम’सँग छलफल गरिरहेका छन् ।

बन्दसत्रस्थल सेभेन स्टार होटलबाट करिब ३ किलोमिटर टाढा रहेको पार्क सफारी होटलमा ओलीले आफ्नो कोर टीमका नेताहरूसँग बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारीहरूको नाम टुङ्ग्याइरहेको नेताहरुले बताएका छन् ।

छलफलमा ओलीसँगै ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, शंकर पोखरेललगायत नेताहरू छन् ।

बिहान १० बजे नै बन्दसत्रस्थल छिरिसकेका २ हजार बढी प्रतिनिधि अहिले बाहिरिएका छन् । उनीहरूमध्ये कतिपयले  अझै बन्द सत्र सुरु हुन नसकेकोमा आक्रोशसमेत पोखेका छन् ।

अध्यक्षको दाबी गरिरहेका उपाध्यक्ष भीम रावल बन्दसत्र पुगिसकेका छन् । उनलाई ओलीले भेट्न चाहेको तर रावलले अस्वीकार गरिरहेको स्रोतले जनाएको छ ।

यसअघि ओलीले एमालेमा रहेका पूर्वमाओवादी नेताहरूसँग छलफल गरेका थिए । जसमा ओलीले पूर्वमाओवादी खेमालाई २ पदाधिकारीसहित ४० केन्द्रीय सदस्य दिने संकेत गरेको एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *