दुई पदाधिकारीसहित ४० केन्द्रीय सदस्य पूर्वमाओवादीलाई दिने संकेत

चितवन । एमालेमा रहेको पूर्वमाओवादी खेमाले २ पदाधिकारीसहित ४० केन्द्रीय सदस्य लिन तयार भएका छन् । दुई पदाधिकारीहरूमा उपाध्यक्षमा रामबहादुर थापा बादल र सचिवमा टोपबहादुर रायमाझीसहित ४० जना केन्द्रीय सदस्य छान्ने जिम्मा लिन उनीहरू तयार भएका हुन् ।

वार्तामा सहभागी एक एमाले नेताले मकालुखबरलाई भने, ‘सहमतिकै कुरा त हो । २ जना पदाधिकारी र ४० केन्द्रीय सदस्य दिने सहमति भएको हो । तर त्यसमा कित्ता छुट्दैन ।’

पदाधिकारीहरूमा उपाध्यक्षमा रामबहादुर थापा र सचिवमा टोपबहादुर रायमाझी रहेका छन् । यस्तै ४० केन्द्रीय सदस्य छान्ने जिम्मा उनीहरूलाई नै दिइएको स्रोतले बताएको छ ।

यसअघि आजै चितवनको सौराहास्थित पार्क सफारी होटलमा एमालेका अध्यक्ष केपी शर्मा ओली‚ थापा, रायमाझी, प्रभु साहलगायतसँग छलफल भएको थियो । वरिष्ठ उपाध्यक्षको दाबी नछाडेका नेता सुवासचन्द्र नेम्वाङले भने एमाले माओवादी भन्ने ‘फ्याक्टर’ नभएको बताएका छन् । उनले भने, ‘एमाले एमाले नै हो, माओवादी छैन एमालेमा ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *