पुसमा आईसी डिजाइनर रनवे हुँदै

काठमाडौँ । विगतका वर्षहरूमा झैँ यो वर्षसमेत ‘आईसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ ।

आईसी कलेजको आयोजनामा आगामी पुस ९ गते आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो ।

फेसन शोका लागि ३६ मोडल छानिएका छन् । नेक्स्ट मोडल्सले हालै अडिसनमार्फत २८ महिला र ८ पुरुष मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनोट गरेको छ । होटेल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्‍याम्पमा प्रस्तुत गर्नेछन् ।

७३ जना फेसन डिजाइनर नै आईसी कलेजका १८औँ ब्याजका पास आउट विद्यार्थी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *